राजनितिका कारणा नेता धनी जनता गरीब :विवेकशील शाझा पार्टीका उमेद्वार अधिकारी ।

0
654

२१ कात्तिक , काठमान्डौँ । विवेकशील शाझा पार्टीका नुवाकोट क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तर्फका उमेद्वार पुरुषोत्म अधिकारीले पुराना पार्टीहरुले सुशाासन र भ्रष्ट आचरण सुधान गर्न नसेकाले देशले गति लिन नसकेको बताएका छन् । आज संचार खवरसंगको कुराकानिमा उनले नेता र नेतृत्व राजनीतिकै कारणले धनी भएपनि देश जहाँको त्यही रहदा नेपाली जनताले सुखको अनुभुति गर्न नपाएको बताए । नेपाली जनताले अव पार्टीभित्रको हेभिवेट भन्दापनि उमेद्वार कत्तिको इमान्दार पारदर्शी र लोकतन्त्रलाई आत्मसाथ गर्न सकेको छ भन्ने बुझ्न जरुरी रहेको बताए । विकास आयोजनामा हुने संस्थागत भ्रष्टाचार मौलाउदै जादा केन्द्रीय स्तरका योजनाहरु ग्रामीण स्तरमा पुग्दा बाटोबाटै हराउने गरेको भन्दै त्यस्ता कुप्रथा र भ्रष्टाचार निवारणाका लागी आफ्नो उम्मेद्वारी रहेको बताए । विभिन्न शिर्षकमा दिईने अनुदान लक्षीत बर्गकोमा नपुग्दा अझै पनि ग्रामीण क्षेत्रको विकाश नभएको बताउदे यो समय कुन पार्टीको भन्दा पनि कस्तो ब्यक्तिलाई जिताउने भन्नेमा लाग्नुपर्ने बताए । देशलाई समुद्धबनाउन आफ्नो उमेद्वारी रहेकाले सबैमा सहयोग गर्न समेत उनले आग्रह गरे

                                  को हुन् पुरुषोत्म अधिकारी ?

तारकेश्वर गाँऊ पालिका वडा नंबर २ जन्मिएका अधिकारी पछिल्लो समय पत्रकारिता मा क्रियाशील छन । रिपोटर्स क्लब नेपाल रहेर काम गरेका उनि रिपोटर्स क्लब नुवाकोट शाखा का पूर्व अध्यक्ष पनि हुन।२०४६को जनआन्दोलन मा नेपाल विद्यार्थी संघ को तर्फ बाट सक्रिय भूमिका निर्वाह गरेका थिए।२०५४ मा ने।बि सघ को जिल्ला सह सचिव ,२०५८ ने।का।नुवाकोट नीति तथा कार्यक्रम उपसमिति सदस्य,२०६२ नेपाल किसान संघ नुवाकोट को उपसभापती भएर रहनु भएका उहाँ कांग्रेस पार्टी भित्र को निस्कलंक पात्र हुन ,पार्टी को शक्ति केन्द्र को नजीक हुदा पनि कहिल्यै कुनै लाभ को लालचा राखेनन्।नेपाल रेडक्रस सोसायटी को आजीवन सदस्य ,ग्रामीण विकास मञ्च का संस्थापक अध्यक्ष ,भ्रष्टाचार विरोध आंदोलन का अभियंता समेत हुन् ।
नयाँ वैकल्पिक धार को खोजी मा विवेकशील साझा पार्टी नुवाकोट का सदस्य भए । स्नातक सम्म अध्ययनरत अधिकारी को संस्थागत हुदै गरेका भ्रष्टाचार लुटतन्त्रका जराहरु लाई केन्द्र देखी गाँऊ सम्म उखेल्ने तथा समृद्ध नेपाल बनाउनु सपना बोकेर अब देश र जनता को लागी समर्पित गर्न अग्रसर भएका छन् । निम्न मध्यम वर्ग मा जन्मिएका उनले अन्य पार्टी का नेता लाई आफ्नो सम्पत्ति र राज्य लाई तिरेको करको प्रणाम जनता लाई देखाऊ समेत आग्रह गरे ।