सुस्ता बासीको प्रश्न हाम्रो पहिचान के हो ?

0
360

कार्तिक २२ काठमाण्डौं । सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् । दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् । एकातिर नारायणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ । यहाँका बासिन्दा २०२२ सालदेखि अनागरिक को पीडा भोग्न बाध्य छन् । प्रत्येक निर्वाचनमा झै योपल्ट पनि उनीहरु उम्मेदरासहित नेपाली भुमि माटोमा नागरिक भएको प्रमाण मागिरहेका छन् । कान्तिपुरमा समाचार छ ।

हामिलाई नागरिक भएको प्रमाण चाहियो, सुस्ता ५ का रामप्रित चमारले भने, नागरिकता नभएकाले पतिपत्नि हौ भन्ने आधार भएन । सन्तानको जन्मदर्ता पनि सम्भव भएन ।