नेपालले आज ओमानको सामना गर्दै ।

0
248

२२ कात्तिक, काठमान्डौँ । कीर्गितानमा जारी एएफसी अण्डर १९ एसियाकप छनोट फुटबलको अन्तिम खेलमा आज नेपालले ओमानको सामना गर्दै छ । यसअघिका तीनै खेलमा पराजित भएको नेपाल आज प्रतियोगिताको सान्त्वना जितको खोजीमा छ । प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको नेपाल लगातार तेस्रो हार ब्योहोर्दै छनौट होडबाट बाहिरिसकेको छ । खेलेका ३ मध्ये १ मा जित, १ मा बराबरी र १ मा हार ब्योहोरेको ओमान तालिकाको चौथो स्थानमा छ । ३ खेलको समाप्तीमा ४ अंक जोडेको ओमानको पनि छनोट सम्भावना भने गणितीय हिसाबमा मात्र बाँकी छ । प्रतिस्पर्धा कीर्गितानको बिसेकस्थित अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयानुसार पौने १२ बजे सुरु हुनेछ ।