देश विकासका लागि वाम गठबन्धनको विकल्प छैन : एमाले नेता नेम्वाङ ।

0
253

२२ कात्तिक , इलाम । नेकपा एमाले का नेता सुवास नेम्वाङले देश विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् ।वाम गठबन्धनले आज इलाम नगरपालिका–९ मा गरेको चुनावी सभामा उनले मुलुकमा कम्युनिष्टले जितेर अधिनायकवाद ल्याउँछन् भनेर विपक्षी दलका नेताहरुको अभिव्यक्ति दुःखदायी भएको धारणा व्यक्त गरे । इलाम क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका पूर्वसभामुख नेम्वाङले यस्ता खालका अभिव्यक्तिले विपक्षीलाई नै असर पुग्ने बताउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि अब गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए ।