काँग्रेसलाई जिताउन नेबिसंघको मेची – काली अभियान सुरु ।

0
1173

कार्तिक २२ काठमाण्डौं । निर्वाचनमा देशभरका युवा बिद्यार्थी परिचालन गर्न नेपाल बिद्यार्थी संघले आज प्रदेश नं. ७ को धनगढीबाट ने.वि. संघ जगाउछ, मेची, काली
उठ्दै छन, सारा नेपाली कांग्रेस नै हो,यस पाली भन्ने बिशेष अभियान शुरु गरेको छ । सुदुरपश्चीमका प्राय जिल्ला बाट एक हजार भन्दा बढी बिद्यार्थी सहभागी रहेको अभियान पछिको बिशेष रणनीतीक प्रशिक्षण कार्यक्रममा कांग्रेस नेतृ आरजु राण देउवा ने.वि. संघका केन्द्रीय अध्यक्ष नैनसिह महर नेपाली जनसम्पर्क समितीका अध्यक्ष आनन्द बिष्ट कैलाली जिल्ला सभापति नारायण शाह ने.वि. संघ केद्रिय उपाध्यक्ष पुष्प कुमार शाही लागायतले कम्यूनिष्ट गठबन्धनले भविष्यमा ल्याउन सक्ने अधिनायकबाद र बिश्व कम्यूनिष्टको नृशंश, हत्याहिंसामा लत्पतिएको इतिहास तथा जनताको अधिकारका लागि काँग्रेसले गरेका आज सम्मका ऐतिहासीक परिवर्तनका बारेमा प्रशिक्षण दिएका थिए ।


खास गरी कम्यूनिष्ट गठबन्धनको अधिनायकबादी सोच देखिएको र ब्यवस्था परिवर्तनको गन्तब्य देखिएकाले पनि लोकतन्त्रको पक्षमा मत मागेर कांग्रेसलाई जीताउनु पर्नेमा नेविसंघ अध्यक्ष नैनसिंह महरले जोड दिएका थिए ।
प्रदेश नं. ७ बाट शुरु भएको अभियान सात वटै प्रदेशमा पुर्याइने र प्रदेश नं. १ को झापा हुदै ताप्लेजुङ्ग सम्म लाखौ युवा बिद्यार्थी परिचालन गरिने ने.वि. संघले जनाएको छ । हरेक बुथ ५० युथ को अभियान र जनता जागरण कार्यक्रमको तयारी गरेर सबै ७५३ बटै पालिकामा प्रचार प्रसार तथा चुनाव परिचालन समिती गठन गरेर सबै को नाम कांग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिमा पठाउन ने.वि. संघ केन्द्रले जिल्ला जिल्लामा परिपत्र गरेको छ ।