निर्वाचन लगत्तै शाशन ब्यबस्था नै परिवर्तन हुने भविष्यबाणी,निर्वाचन कसैले रोक्न सक्दैनन ।

0
393

कार्तिक २३ काठमाण्डौं । मानव जगतको भलाईको कामना गर्दै गत सोमबारबाट सुरु भएको अनशन आज सकिएको छ । वसन्तपुरमा रहेको सानो पशुपतिनाथ मन्दिर परिसरमा भएको अनसनमा सरस्वती सृष्टिमार्ग नवदुर्गा काली माँ नामक संस्थाका संस्थापक होम बहादुर कार्की बस्नु भएको थियो । मध्यान्न ११ बजेर ५९ मिनेटमा सञ्चारखवर डट कमका सम्पादक प्रकाश चन्द्र दाहालको हातबाट पानी पिउँदै कार्कीले अनशन तोड्नु भएको हो ।

कार्कीको भनाई अनुसार मानव जातिले धर्मको नाममा अनावश्यक गतिबिधि गर्दै गएकोले लक्ष्मी माता र अन्नपुर्ण माता खुसि नभएको भन्दै मन्दिरमा बालीने बत्तिमा लक्ष्मीको स्वरुप पैसा नजलाउन आग्रह गर्नु भएको छ । उहाँले चामल अर्थात् अन्नपुर्ण मातालाई भगवालाई चढाउने नाममा जथाभावी नगर्न पनि सुझाव दिनु भएको छ । बिश्व ब्रम्हाण्डमा मानवको कार्यबाट भगवान भयभित भएको भन्दै सबै प्राणीको रक्षा गर्ने कार्यमा लाग्न हिन्दु धर्मका पक्षपातीहरुलाई आग्रह गर्नु भएको छ । निरन्तर ७२ घण्टा पानी समेत सेवन नगरी अनशन बस्नु भएका कार्कीको शरिरमा अनसन सक्नु अघि भगवान समेत पैदा भएको थियो ।

भगवानको स्वरुपमा बोल्दै कार्कीले मंसिर १० र २१ गतेको निर्वाचन कसैले बिथोल्न नसक्ने भविष्यबाणी समेत गर्नु भएको छ । उहाँले भन्नु भयो निर्वाचन सम्पन्न भए लगत्तै नेपालको शासन ब्यबसथामा समेत परिवर्तन आउने छ । आफुले सामान्य मानिसको रुपमा नेपालको राजनिती प्रति अभिब्यक्ति नदिएको भन्दै कार्कीले राजनितीक दलका नेताहरुले स्वतन्त्रताका नाममा जनतामाथि अन्याय गरेको भन्दै आगामी दिनमा त्यस्तो अन्याय नगर्न नेताहरुलाई समेत आग्रह गर्नु भएको छ । हिन्दुत्व रक्षाका लागि आफुले बिगत देखि नै यस्ता बिभिन्न कार्यक्रम गर्दे आएको भन्दै यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनु भएको छ ।