वर्षमान पुन् अनन्त चढेको गाडी एम्बुसमा पर्यो , मानविय क्षति भएन .

0
531

माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधि सभा सदस्य वर्षमान पुन् अनन्त चढेको गाडी अज्ञात समुहले थापेको विद्युतिय धरापमा परेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो । बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुन सक्ने आशंका छ । पुनको दवावमा आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई प्रहरीले पक्रेको भन्दै नेकपाका कार्यकर्ता पुन आक्रोशित थिए । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । रोल्पाको घर्ती गाउँमा हुने कार्यक्रमा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण भएको हो । पुनसहितको टोली ५ वटा गाडीमा लस्करै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको भए पनि बिचमा रहेको पुनकै गाडीलाई लक्षित गरेर माइन विस्फोट भएको हो । त्यो गाडीमा माओवादी समानुपातिक उम्मेदवारा जयपुरी घर्ती पनि थिईन ।
यस्तै नेकपा एमालेका केहि नेता पनि पुनसँगै थिए ।