गणतन्त्रलाई संस्थागत गर्न काँग्रेसको जीत अपरिहार्य :वरिष्ठ नेता पौडेल ।

0
338

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विकास र समृद्धिका लागि नेपाली काँग्रेसको जीत अपरिहार्य रहेको बताउनुभएको छ ।

काँग्रेस व्यास नगरपालिका–.३ को प्रचारप्रसार कार्यालयको आज यहाँ उद्घाटन गर्दै नेता पौडेलले माओवादीलाई विस्तृत शान्ति सम्झौतामा ल्याउँदा र संविधान घोषणा गर्दा आफूले ठूलो भूमिका खेलेकाले यस पटक पनि जनताले आफूलाई नै चुनाव जिताउने जिकिर गर्नुभयो । कृषि, पर्यटन र ऊर्जा शक्तिको विकास गर्न सके युवाहरू रोजगारीका लागि विदेशिन नपर्ने उहाँको भनाइ थियो ।

नेता पौडेलले आजै  व्यास नगरपालिका–१ र ४ को प्रचार समितिको कार्यालय उद्घाटन गर्नुभयो । उहाँले भानु नगरपालिकाको नारेश्वरटारमा आयोजित आमसभालाई आजै सम्बोधन गर्दै गणतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यन्वयन गर्न काँग्रेसलाई जिताउनुपर्ने बताउनुभयो ।