प्रधानमन्त्रीको आज सम्मकै छोटो सम्बोधन,४५ सेकेन्डमा भने काँग्रेसलाई भोट हाल्नुस सबै माग पुरा गर्छु ।

0
1663

सोलुखुम्बु, २५ कात्तिक, नेपाली काग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आउनुभएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधनपश्चात राजधानी फर्कनुभएको छ ।

समय अभावको कारण देखाउँदै सभापति देउवाले भन्नुभयो, “रुखमा भोट हाल्नुहोस्, सबै माग पुरा हुन्छ ।”

आज ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका सभापति देउवा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु आउनुभएको हो । आजै, उहाँले पाँचथरको समेत चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।

नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बलबहादुर केसीले आफूले जिते सबै गाउँमा सडक पु¥याउने दाबी गर्नुभयो ।