के यु का बिद्यार्थीहरु जागरण अभियानमा सक्रिय ।

0
266

काठमाडौँ, २५ कात्तिक, काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आज राजधानीको भद्रकालीदेखि माइतीघर मण्डलासम्म जनचेतनामूलक ¥याली गरे । ¥यालीमा विश्वविद्यालयका २०० भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

पदयात्रापछि परिषद्का विद्यार्थीले पशुपति क्षेत्रमा सफाइ गरेको अध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रलाई सफाइ गर्ने अभियानअन्तर्गत आज पशुपतिमा सफाइ गरिएको परिषद्ले जनाएको छ ।

आगामी साता पनि जनचेतनामूलक अभियान र सांस्कृतिक सम्पदा सफाइको क्रमलाई निरन्तरता दिइने अध्यक्ष लामाले बताउनुभयो ।

विद्यार्थी चेतना र जागरणका संवाहक भएकाले यो अभियान शुरु गरिएको विद्यार्थीले जनाएका छन् ।