नेपाली कांग्रेस एक ढिक्का : महामन्त्री डा. कोईराला ।

0
1430

 

मिना कंडेल कार्तिक २५ ,नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले काग्रेंस एक ढिक्का भएर चुनाबमा होमिएकाले अब काग्रेंसको बिजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । जस्तो सुकै परिस्थिति अपनाएर पनि काग्रेंस आफनो बिरासत कायम राख्न पूर्ण सक्षम हुने कोइरालाले दाबी गर्नुभएको छ ।

नेपाली काग्रेस नवलपुर क्षेत्र नं १ को काग्रेंस चुनाब प्रचार प्रसार कार्यालयको आज गैंडाकोटमा उद्दघाटन गर्दै महामन्त्री डा. कोइरालाले सो बिचार ब्यक्त गर्नुभएको हो । उहाँले बाम गठबन्धनले काग्रेंसको बिजयलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेपाली काग्रेस देश र जनताका लागि दशकौं देखि सर्घषमा रहेको पार्टी भएकाले यसको बिजयलाई सधैं नेपाली जनताले साथ दिईरहेका कोइरालाले स्पष्ट पार्नुभयो ।

उहाँले यो चुनाब काग्रेंसका लागि महत्व राख्ने भएकाले यो चुनाबलाई काग्रेंस जस्तो सुकै नीति अपनाएर पनि परिणाम आफनो पोल्टामा पार्न सक्षम हुने कोइरालाले दाबी गर्नु भएको छ ।

नेपाली काग्रेंस क्षेत्र नं १ नवलपरासीका काग्रेंस उम्मेदवार समेत रहनुभएका कोइरालाले पार्टीका हजारौं कार्यकर्तालाई सम्बोधन गर्दै एक महिना पार्टीका लागि खटनोस पाँच बर्ष पार्टी देश र जनताको बिकासका लागि खटने बताउनुभयो र भन्नुभयो अहिले नेपाली काग्रेंस लाई सिध्याउने खेलमा बामगठबन्धन लागे पनि त्यसले काग्रेंसलाई बेफाईदा होइन थप मजबुत,र उत्साह थपेकाले काग्रेंस पहिलो शक्त्ति भएर चुनाब जित्नेमा ढुक्क हन आग्रह गदृछु तर त्यसका लागि कार्यकर्ता बीच एकता र मेलमिलाप जरुरी रहेको हुन्छ ।

काग्रेंस कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले काग्ें्््रस २००३ साल देखि नै कहिल्यै बिचलित नभएको पार्टी भएकाले यसलाई कसैले सिध्याउँछु भनेर लागे पनि यो नेपालमा कहिल्यै नसकिने र यसले आफनो ईतिहास राख्न सफल भएको र कसैले काग्े्रसलाई सिध्याउँछु भनेर भन्छ भने उ आफै सकिने बताउनुभयो ।

उहाँले काग्रेंस बाम गठबन्धनका कारण चुनाब हार्छ भनेर हल्ला फिंजाउने हरु अहिले बजारमा बढिरहे पनि त्यसका पछाडी नलागी एक भएर गाउँ गाउँ जान र पाटीृको पक्षमा माहौल बनाएर अघि बढन् आग्ह गर्नुभयो ।