२६ कात्तिक , धनुषा । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताए। जनकपुरमा संचारकर्मीसंग कुरा गर्दै नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भने , “ ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।”
उनले नेकपा एमाले र नेकपा९माओवादी केन्द्रले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।” नेता निधिले एक प्रसङ्गमा भने , “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो ।”