भारतलाई नेपालले दियो १ सय ८६ रनको चुनौती !

0
362

काठमाडौं । मलेसियामा जारी उन्नाइस वर्ष मुनी उमेर समूहका एसीसी (यू–१९) एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई १ सय ८६ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको हो । मलेसियाको बायुमस ओभलमा नेपालका लागि कप्तान दिपेन्द्रसिहं ऐरीले सर्बाधिक ८८ रन बनाएका छन ।

१ सय १ बल खेलेका कप्तान ऐरीले ६ चौका र २ छक्का प्रहार गरेका हुन । जितेन्द्रसिहले ३६, भिम सार्कीले १५ रन बनाउनु बाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । १ सय ८६ रनको विजयी लक्ष्य पाएको भारतले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि, शनिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले भएको थियो । नेपालले अन्तिम खेल मंगलबार मलेसियासँग खेल्नेछ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।