इरान र इराकको सीमावर्ती क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प , क्षतिबारे विवरण आउन बाँकी ।

0
642

२७ कात्तिक, बगदाद । इरान र इराकको सीमावर्ती क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा ६१ जनाको मृत्यु भएको छ भने ३ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् ।भूकम्पबाट कयौं हताहत भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भूकम्पका कारण बिजुली आपूर्ति बन्द भएको छ ।अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु इराकको हलब्जाबाट दक्षिण(पश्चिम ३२ किलोमिटर टाढा पर्दछ । भूकम्पको धक्का धेरै प्रान्तहरुमा महसुस गरिएको बीबीसीले लेखेको छ । क्षतिबारे विवरण आउन बाँकी रहेको छ ।