कम्युनिस्ट फुट्दा कांग्रेसले फाइदा लियो : माओवादी केन्द्रका नेता रायमाझी ।

0
367

२७ कात्तिक, गुल्मी । नेकपा माओवादी केन्द्रका सचिव तथा अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले अस्तित्वमा रहेका वामपन्थी पार्टीहरुबीच एकता हुन नसके कम्युनिस्टहरुको अर्थ नरहने बताएका छन् ।चुनावी प्रचारका क्रममा सदरमुकाम तम्घास पुगेका उनले माओवादी आन्दोलनको मुख्य उद्देश्य नै एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्नु रहेको बताए ।उनले कम्युनिस्ट फुट्दा कांग्रेसले फाइदा लिएको र देशले गति लिन नसकेको बताए ।