फिलिपिन्सबिरुद्ध खेल्ने राष्ट्रिय टोलीको घोषणा ।

0
367

२७ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।मूख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट गरेका हुन् ।

नेपाली टोलीका सदस्यहरुमा

गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु, बिशाल श्रेष्ठ

डिफेण्डरः बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी

मिडफिल्डरः सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अञ्जन विष्ट, जगजीत श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील वाल

फरवार्डः भरत खवास, बिमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की