नेविकोले ल्यायो नयाँ सुगर फ्रि के्रकर विस्कुट

0
515

काठमाडौ ।नेविको प्रालिले सुगर फ्रि के्रकर विस्कुट नेपाली बजारमा ल्याएको छ । राजधानीमा एक कार्यक्रमका बीच प्राििले चिनी रोगीहरुलाई लक्षित गरी सुगर फ्रि विस्कुट ल्याएको जनाएको छ । यो विस्कुट चिनी प्रयोग नगरि बनाइएकाले चिनी रोगीहरुका लागी निकै उपयोगी हुने कम्पनिले जनाएको छ ।

साथै मधुमेह नभएका विरामीहरुले पनि यो बिस्कुट उपयोग गर्न सक्नेछन् । विगत ५३ बर्ष देखी विस्कुट तथा कन्फेक्सनरी उत्पदान गर्दै आएको नेविको प्रालिले यो नयाँ विस्कुट बजारमा ल्याएको हो । विस्कुट स्वास्थ्यबद्र्धक तथा पौष्टिक पदार्थ भएकोले स्वस्थ्यका लागी पनि निकै उपयोगी रहेको बताइएको छ ।