संयुक्त राष्ट्र संघको पोषण अभियान सञ्चालन गरेको नेपाल पुरस्कृत ।

0
356

कार्तिक २७ काठमाण्डौं । संयुक्त राष्ट्र संघको पोषण अभियान कार्यक्रमलाई अभिवृद्धि गर्ने कार्यमा सक्रिय र महत्वपूर्ण योगदान पु¥याएवापत नेपालले ‘स्केलिङ अप न्युट्रेसन क्याम्पेन अवार्ड २०१७’ प्राप्त गरेको छ ।

हालै आइभोरी कोष्टमा सम्पन्न कार्यक्रममा नेपाललाई उक्त सम्मान दिइएको हो । संयुक्त राष्ट्र संघले चलाएको स्केलिङ अप न्युट्रेसन(सुन)मा सन् २०११ देखि नेपाल आबद्ध हुँदै आएको छ । अभियानमा सहभागी विश्वका ६० मुलुकमध्ये नेपालसहित आठ मुलुकले उक्त सम्मान पाएको राष्ट्रिय योजना आयोगका स्वास्थ्य तथा पोषण क्षेत्र हेर्ने सदस्य प्रा डा गीताभक्त जोशीले जानकारी दिनुभयो ।

आयोगका अनुसार नेपालमा हरेक वर्ष कुपोषणले २५ हजार बालबालिकाको अकालमा मृत्यु हुने गरेको छ । आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले मुलुकमा विद्यमान कुपोषणलाई द्रुतगतिमा न्यूनीकरण गर्दै जाने बताउनुभयो ।