पूर्वविश्वविजेता इटाली विश्वकप फुटबल प्रतियोगितामा पुग्न सकेन ।

0
267

२८ कात्तिक काठमाडौं । पूर्वविश्वविजेता इटाली सन् १९५८ यता पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ ।स्वीडेनविरूद्ध घरेलु मैदान सान सियारोमा भएको प्ले अफको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिएपछि ६० वर्षयता पहिलोपटक इटाली विश्वकपमा पुग्न असफल भएको हो ।पहिलो लेगमा स्वीडेनलाई १० ले नतिजा सुम्पिएपछि इटालीको विश्वकप यात्रा धरापमा परेको थियो । सन् २००२ को विजेता इटालीलाई रूवाउन पहिलो लेगमा स्वीडेनका लागि ज्याकोब जोनसोनले गरेको गोल नै पर्याप्त भयो ।

दोस्रो लेगमा इटालीलाई स्वीडेनविरूद्ध २ गोलअन्तरको नतिजा निकाल्नु पर्ने थियो । तर, स्वीडेनले आफू अनुकुल नतिजा निकाल्दै गोलरहित बराबरीमा रोकिदियो । युरोपेली महादेशबाट स्पेनसँग एउटै समूह रहेको इटाली समूह चरणको छनोट खेलमा दोस्रो भएपछि प्ले अफमा धकेलिएको थियो । विश्वकप यात्रा तुहिएपछि इटालीका भेट्रान गोल किपर बुफोनसिहतका खेलाडीले रूँदै मैदान छाडेका थिए भने समर्थकहरू आक्रोशित भएका छन् ।