एएफसी एसिया कप छनोट फुटबलमा आज नेपालले फिलिपिन्ससँग खेल्दै।

0
224

२८ कात्तिक , काठमाडौं । एएफसी एसिया कप छनोट फुटबलमा आज नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग खेल्दैछ । दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलकालागी हिजो २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको थियो ।अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा संन्यास नजिक पुगेका अनिल गुरुङ पनि समेटिएका छन् । गत महिना ताजिकिस्तानविरुद्धको खेलमा रहेका २३ मध्ये २० खेलाडी यथावत रहँदा ३ जनाले पुरागमन गरेका हुन् ।जगजित र अनिलसँगै गोलकिपर विशाल श्रेष्ठ पनि टोलीमा फर्केका हुन् । अर्का गोलकिपर एलन न्यौपाने बाहिरिंदा रक्षकद्वय आदित्य चौधरी र देवेन्द्र तामाङ चोटका कारण टिममा परेनन् । समूह चरणका यसअघिका ४ खेलमा नेपालले ३ हार र १ खेलमा बराबरी गरेको थियो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४÷१ ले पराजित भएको थियो ।