कौशलको ‘काली खोला’

0
518

गायक कौशल राज खड्काको ‘काली खोला’ बोलको गीत समेटिएको म्यूजिक भिडियो ल्याएका छन् । कौशलको स्वर रहेको सो गीतमा चन्द्रलाल तामाङको शब्द सृजना रहेको छ भने मनोज चौलागाईंले संगीत भरेका छन् । सुदीप बरालको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा रचिता र कौशलको अभिनय रहेको छ ।
कौशलले आफूले गीतमा केही फरक गर्न खोजेको बताए । युटुबमा देखिने भ्यूजको आधारमा गीतको चर्चा मापन हुने भएपछि गायक(गायिकाहरु भिडियो तयार पार्न अग्रसर छन् । कौशल नेपाली सांगीतिक क्षेत्रमा नै जम्ने बताउँछन् ।