कञ्चनपुरको सिंगो दलित वस्ती नै काँग्रेसमा प्रबेश,बाम गठबन्धनमा आतंक ।

0
3369

कार्तिक १८ कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकको पक्षमा कञ्चनपुरमा दिनप्रतिदिन जनलहर बढ्दै गइरहेको छ । विभिन्न पेसा, व्यवसायी, जनजाती, मधेशीको ब्यापक समर्थन पाएपछि कञ्चनपुर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखक उत्साहित भएका छन् ।
महाकाली नगरपालिकाका बस्तीहरुको चुनावी भेटघाट सकेर मंगलबार भिमदत्त नगरपालिका पुगेका नेता लेखकले आज अधिकांश दलित बस्तीका मतदातासँग भेटघाट गरेका छन् । भिमदत्त नगरपालिकाका वडा नम्बर ५, १२, १३ र १९ का ३०० भन्दा बढी दलित नेता तथा कार्यक्रताहरुले नेता लेखकले गरेका विकास निर्माणका कामबाट आफूहरु प्रभावित भएको र नेपाली कांग्रेसले मात्र दलितको हक संरक्षण गर्न सक्ने विश्वासका साथ सिंगो दलित बस्ती नै नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
दलित संघका पूर्व जिल्ला अध्यक्ष रमेश दयालका अनुसार वडा नम्बर ५ मा ९० जना, वडा नम्बर १२ मा ५० जना, वडा नम्बर १३ मा ६१ जना र वडा नम्बर १७ मा ५५ जना विभिन्न पार्टीमा आवद्व दलित नेता तथा कार्यक्रताहरुले नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्ने नेता तथा कार्यक्रतालाई नेता लेखकले टिका लगाएर स्वागत गरेका थिए । भेटघाट कार्यक्रममा नेता लेखकले दलित समूदायको उत्थान र विकासका लागि आफु सधै लागिरहने आश्वासन दिएका थिए । संघका पूर्व अध्यक्ष रमेश दयालले नेता लेखकले गरेका विकास निर्माणका काम र उहाँको व्यक्तित्वबाट प्रभावित हुनुका साथै दलितका पक्षमा नेपाली कांग्रेस बाहेक अन्य पार्टीले ठोस काम गर्न नसक्ने महसूस गरेर कांग्रेस प्रवेश गरेको बताए । लेखकको पक्षमा व्यापक जनलहर देखिएपछि बाम गठबन्धनका उमेदवारआत्तिएका छन् ।