जिम्बेवेमा ढल्यो मुगाबे शासन

0
240

कात्तिक, २९ काठमाडौं । जिम्बावेमा रक्तपातविहीन सैन्य कू भएको छ । देशको सासन सत्ता सेनाले लिएको छ भने राष्ट्रपति रोबर्ट मुगाबे पक्राउ परेका छन् ।
त्यसअघि जिम्बावेको सेनाले पब्लिक ब्रोडकास्टर जेडबीसी नियन्त्रणमा लिएको थियो । टीभीमा एक जनरलले सम्बोधन गर्दै कु नभएको बताए । साथै राष्ट्रपति मुगाबे र उनको परिवार सुरक्षित रहेको बताए ।

सेनाले मुगाबे वरिपरि रहेर अपराध गर्नेहरु मात्र आफ्नो निसानामा रहेको बताएको छ । भनिएको छ, ‘जब हामी आफ्नो मिसन सम्पन्न गर्छौ, स्थित सामान्य हुनेछ ।’

तर, सत्तारुढ पार्टीले ट्वीट गरेर मुगाबे पक्राउ परेको जानकारी दिएको बीबीसीले जनाएको छ ।