कात्तिक, २९ गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ को नेपाली कांग्रेसको उम्मेदवार समेत आफू नै भएको बताएका छन् । गोरखा क्षेत्र नं. २ मा एमाले(माओवादी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार रहेका श्रेष्ठले कांग्रेसको उम्मेदवार पनि आफैं भएको बताए । बाबुराम भट्टराईविरुद्ध कडारुपमा प्रस्तुत भएका श्रेष्ठले बाबुरामलाई कांग्रेसले समर्थन नगर्ने दाबी गरे । नेता श्रेष्ठले कांग्रेस कार्यकर्ताहरुलाई विवेकका साथ आफूलाई भोट हाल्न आग्रह गरे ।
‘तपाईहरुले गलत निर्णय नगर्नुहोला, विवेक पुर्याउनुहोला,’ बुधबार केपी ओली र प्रचण्डको आतिथ्यमा गोरखामा आयोजित चुनावी सभामा बोल्दै श्रेष्ठले भने, ‘पक्कै पनि अवसरवादीलाई सहयोग गर्नुहुन्न । नगर्नुस्, कांग्रेसको उम्मेदवार पनि छैन, तपाईहरुको उम्मेदवार मै हुँ ।’ श्रेष्ठले बाबुराम भट्टराई नेपाली कांग्रेसकै जरो उखेल्ने मान्छे भएको भन्दै जरो उखेल्नेलाई नभई आफूलाई मत दिन आग्रह गरे ।
‘उहाँले वामपन्थीसँग मिलेको दिन कांग्रेसको जरो उखेल्छु भनेको होइन रु’ श्रेष्ठले भने, ‘अब यस्तै अवसरवादलाई परास्त गर्न र लोकतन्त्रलाई बलियो बनाउन विवेक पुर्याएर मत दिनुस् ।’