काठमाडौँ ( नेपाली काँग्रेस (बिपी)ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टीले बिपीको विचारका साथै राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सुशासन र वैदिक सनातन धर्म संस्कृतिको रक्षालाई मुख्य मुद्दा बनाएको छ । घोषणापत्र सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हरिबोल भट्टराईले बिपीको विचारका माध्यमबाट राष्ट्रको परिवर्तन सम्भव भएको बताए।
“काँग्रेसले कुनै दलको वैशाखी नटेकी लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने विचार कार्यान्वयन हुन नसकेपछि नयाँ दल गठन गरेका हौँ, मुलुकलाइ निकास दिन बिपी विचार अपरिहार्य छ भन्ने हाम्रो मत छ”, भन्दै उनले प्रतिनिधिसभा निर्वाचनका लागि आफूले काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
पार्टीले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि २३ प्रतिनिधिसभा सदस्य र आठ प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिइएको प्रवक्ता देवेन्द्र पौडेलले बताए ।