बाहिरी आवरण राम्रो की भित्री सुन्दरता ?

0
461

एउटी वेश्या (यौनकर्मी)को मृत्यु भयो । संयोगले सोही दिन नजिकै बस्ने सन्यासीको पनि मृत्यु भयो । यमराज लिन आए । सन्यासीलाई
नर्क, वेश्यालाई स्वर्ग लैजाने तयारी भयो । सन्यासी ठू(ठूलो स्वरमा चिच्याउन थाल्यो( यो कस्तो अन्याय ? म नर्कमा र वेश्यालाई स्वर्गमा ?
यमराजले भने( एक पटक चित्रगुप्तसित सोध्नुहोस ।
सन्यासीले फेरी कड्किएर भन्यो( सारा जिन्दगी शास्त्र पढेरै बिताएँ, जिन्दगी प्रभुको नाम जपेरै बिताएँ । फेरि यस्तो अन्याय मलाई किन ?
सन्यासीलाई यमलोकमा उपस्थित गराइयो, चित्रगुप्तले खाता पल्टाउदै भने( वेश्या मदिरा पिउँथी, भोगमा रहन्थी जब तिमी भजन गाउँथ्यौ, धूप(दीप जलाउँथ्यौ । तिमी जब मन्दिरमा घण्टी बजाउँथ्यौ तब उनी सोच्दथिन्( ुकहिले मेरो जीवनमा यी सब कुरा गर्ने सौभाग्य मिल्छ कहिले मन्दिरमा बसेर भजन गाउँन पाउँछु ? कहिले दीप जलाउन पाउँछु ?
जब तिम्रो घरबाट धूपको सुगन्ध वेश्याको घरमा पुग्थ्यो उनी आफुलाई भाग्यमानी सम्झिन्थिन्, घण्टीको आवाज सुनेर आनन्द लिन्थिन् । तिमी पूजापाठ गर्दा पनि यो
सोच्थ्यौ ? वेश्या सुन्दर छिन् तर म उनको घरमा कसरी जाउँ ? तिमीले
हिम्मत जुटाउन सकेनौ । तिम्रो सामाजिक प्रतिष्ठा तिम्रो बिचमा बाधक बन्यो । गाउँका सब मान्छेहरू तिमिलाई सन्यासीको रुपमा पुज्दथे ।
जब वेश्या नाँच्थिन्, मदिरा पिउथिन्, तिम्रो मनमा वासना जाग्थ्यो । तिमी सधैैं आफूलाई अभागी ठान्थ्यौ । त्यसैले तिमीलाई नर्कमा ल्याइयो र वेश्यालाई स्वर्गमा ।
वेश्या हिलोमा भएपनि कमल हुन लम्किदै थिई, तिमी आँफैमा कमल थियौ तर हिलोमा गड्दै गयौ । मूख्य प्रश्न तिमी बाहिरबाट कस्तो छौ भन्ने होइन मूख्य प्रश्न त तिमी भित्रबाट के छौ भन्ने हो ।
सन्यासीको मूख लाजले कालो निलो भयो ।