नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा एकलाख सात हजार ७ सय ५५ मतदाता ।

0
358

राधा शर्मा ३० कात्तिक , नवलपरासी ।

आसन्न निर्वाचनमा पूर्व नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा एकलाख सात हजार ७ सय ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्रमा ५५ मतदानस्थल तोकिएको छ । कावासोती नगरपालिकाको वडा नं ३, ४, १४, १५, १६ र १७, मध्यबिन्दु नगरपालिका, वुङदिकाली, हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिका यस निर्वाचन क्षेत्रमा समावेश भएका स्थान हुन् । यस क्षेत्रका एकलाख सातहजार ७ सय ५५ जना मतदातामध्ये महिला मतदाता संख्या ५७ हजार ५४० र पुरुष मतदाता संख्या ५० हजार २१३ रहेको छ । साथै, यहाँ दुईजना तेस्रो लिंगी मतदाता संख्या रहेको छ ।