निर्वाचन लगत्तै बेरोजगार युवालाई भत्ता : प्रधानमन्त्री देउवा ।

0
4264

कार्तिक ३० डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पञ्चेश्वर र पश्चिम सेती जस्ता योजना कार्यान्वयनमा आए यो क्षेत्रको बेरोजगारी समस्या समाधान हुने बताउनु भएको छ । निर्वाचन प्रचारका लागि डडेलधुरा आउनु भएका देउवाले सम्बोधनका क्रममा आफ्नो सरकारले बजेट ल्याउन पाएको भए बेरोजगारलाई पनि भत्ता दिने योजना रहेको सुनाउँदै आगामी दिनमा पनि यो एजेण्डालाई निरन्तरता दिने बताउनु भएको छ । रोजगारिको वाताबरण बनाउनका लागि नेपाली काँग्रेस प्रतिबद्ध भएको बताउँदै निर्वाचन लगत्तै बिदेशीएको युवाहरुलाई नेपाल भित्र्याउन पहल गर्ने भन्दै आफुले बेरोजगारीको अन्त्य गर्ने बताउनु भयो । सुदुर पश्चिममा मेडिकल कलेज स्थापना गर्ने देउवाको बनाई थियो । आगामी दिनमा आफ्नो पार्टीले सामाजिक सुरक्षाका बिषयमा सबै भन्दा धेरै लगानी गर्ने भन्दै आफ्नो पार्टीलाई बिजय गराई दिन आग्रह गर्नु भयो । चिप्ला कुरा गर्न आउनेहरुबाट जोगिन आग्रह गर्नु भयो । आपफु तपाईहरु कै भोटले गर्दा देशको प्रधानमन्त्री भएको भन्दै काँग्रेसले मात्रै तपाईको सेवा गर्ने भन्दै नअलमलिन आग्रह गर्नु भयो ।

नेपाली काँग्रेसले जनतालाई मालिक बनाएको भन्दै कम्युनिष्टहरुको एकताले तानाशाह आउने खतरा रहेको भन्दै सचेत रहन आग्रह गर्नु भएको छ । यदि नेपालमा कम्युनिष्ट शाशन आए बोल्ने,हिँड्ने अधिकार समेत गुम्ने भएकाले मतदाताले बिचार गर्नु पर्ने बताउनु भयो । रुसमा कम्युनिष्ट शाशन नभएको भन्दै नेपालमा कुनै पनि वाद स्विकार्य नहुने बताउनु भयो ।