७५ बर्षिय नेदरल्यान्ड्सका नागरिक बटा नेपाली बालिका बलाकृत

0
445

कात्तिक ३० , काठमाडौं । पर्यटक भिसामा नेपाल आएका नेदरल्यान्ड्सका नागरिक हेनरिक एड्रियानस जोसेफस क्रुइजेनले काठमाडौंका एक बालकलाई पढाइ खर्च र मोबाइल दिने प्रलोभन देखाए । ७५ वर्षे उनका चिल्ला कुरा सुनेर ती बालक लोभिए । र, उनले भनेको ठाउँमा जान राजी भए ।

क्रुइजेनले खाजा र खाना खुवाउने बताउँदै ती बालकलाई कोटेश्वरको एक होटेलमा लगे । तर, त्यहाँ पुर्‍याएर उनले बालकलाई पढाइ खर्च र मोबाइल दिनुको साटो अप्राकृतिक मैथुन गराउन थाले ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सूत्रबाट घटनाबारे जानकारी पायो । र, २४ कात्तिकमा उनी पक्राउ परे