सरकारलाई सर्वोच्चको निर्देशनात्मक आदेश सर्वजनिक बिदामा पुनरावलोकन

0
310

कात्तिक, ३० काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक विदा पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।

डिसेम्बर २५ मा क्रिसमसको सार्वजनिक विदा पाउनु पर्ने माग गर्दै परेको रिटमा न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले विदा पुनरावलोकन गर्न गर्न भनेको हो ।

आदेशमा धार्मिक सहिष्णुतासहितको अवस्था तथा सरकारी कर्यालयबाट जनताले पाउने सेवा सुविधाको प्रभावकारितालई समेत मध्यनजर गरी सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्न भनिएको छ ।