बदला लिने रणनितिमा नेपाल

0
319

कात्तिक, ३०  काठमाडौं । एसीसी यू-१९ युथ एशिया कपको सेमिफाइनलमा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल समूह ए को उपाबिजेता र अफगानिस्तान समूह बीको बिजेता हो ।

मुख्य प्रशिक्षक विनोद दासका अनुसार अफगानिस्तानसँग नेपाली टोली दबाबमा हुनेछैन । बरु, केहि समयअघि व्यहोरेको हारको बदला लिने प्रयास हुनेछ ।

प्रशिक्षक दासले भनेका छन्, ‘अफगानिस्तानबिरुद्धको खेल हाम्रा लागि निकै महत्वपूर्ण छ, पछिल्ला केहि महिनामा हामीले उनीहरुसँग २ खेल हारेका छौं, तर अहिले समय फेरिएको छ । हामी ब्याटिङ, बलिङ र फिल्डिङमा पनि उनीहरु भन्दा अगाडि नै छौं ।’

‘हामीले सोचेका छौं कि भोलिको खेल निक्कै कठिन हुनेछ, त्यसका लागि हाम्रा खेलाडीहरु तयार छन् र शतप्रतिशत योगदान दिनेछन्’ दासले भने ।

प्रशिक्षक दासले अफगानिस्तानका केहि खेलाडीहरुका लागि बिशेष रणनीति बनाएको र रणनीति अनुसार टिमको प्रदर्शन भएमा जित हासिल गर्न सहज हुने पनि प्रष्ट पारे ।