एमबीबीएस प्रवेश परीक्षाबारे आईओएमलाई आवश्यक निर्णय लिन निर्देशन ।

0
285

१ मंसिर ,काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले एमबीबीएस प्रवेश परीक्षामा विद्युतीय उपकरण प्रयोग गरी चिट चोरी गरेको पाइएपछि परीक्षाको वैधानिकता निर्णय गर्ने अधिकार डिन कार्यालयलाई नै दिइएको छ । कान्तिपुर दैनिकमा समाचार छ । त्रिवि कार्यकारी परिषद्ले विभिन्न अध्ययन प्रतिवेदनका आधारमा प्रश्नपत्र बाहिरिएको ठहर गरे पनि निर्णय गर्ने जिम्मा चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमलाई नै दिएको हो ।

आइओएमले आसोज २८ मा लिएको एमबीबीएस प्रवेश परीक्षामा विद्याुतीय उपकरणसहित चिट चोरी गरेको र नक्कली परीक्षार्थी भेटिएपछि त्रिविले छानविन समिति बनाएको थियो । प्रहरी अनुसान्धान, मेडिकल काउन्सिल तथा त्रिविको छानविन प्रतिवेदनले प्रश्नपत्र बाहिरिएको र परीक्षा अमर्यादित भएको निष्कर्षसहितको प्रतिवेदन विश्वविद्यालयमा बुझाएपछि विहीबार बसेको त्रिवि कार्यकारी परिषद्ले आईओएमलाई आवश्यक निर्णय लिन निर्देशन दिएको हो ।