विप्लवका चारजना कार्यकर्ता पक्राउ ।

0
205

१ मंसिर , भोजपुर । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् । नेकपा एमाले उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो । टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिए । यता आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भत्र्सना गरेको छ । जिल्ला सेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनले गलत ढंगबाट आफ्ना शुभेच्छुकमाथि धरपकड गरेको उल्लेख गरिएको छ ।