१ मंसिर , प्युठान । प्युठान जिल्लाका बिकास प्रेमी नेता प्रा डा गोबिन्दराज पोखरेलले प्युठान जिल्लालाइृ समृद्धबनाउने बाटो कोरेको बताएका छन् । आज भएको मतदाता भेटघाटकाक्रममा उनले समृद्ध बनाउन आफु लागी परेको बताएका हुन् । उनले प्युठानीहरुलाई समृद्ध र सक्षम बनाउन आफुसंग प्रसस्त खाकाहरु रहेको बताउदै योजना कार्यानोयनकालागी सहयोग गर्न अपिल गरेका छन् । जनताको मतबाटनै आफुले विकाशको बाटो अगाडी बढाउन सक्ने भएकाले सहयोग गर्न मतदातासंग अपिल गरेका हुन् ।उनले आफ्नो क्षेत्रलाई नमूना निर्वाचन क्षेत्र बनाउने बताए । प्युठानमा शिक्षा , स्वाथ्य, रोजगारी , खानेपानी लगाएतका पुर्वाधार निर्माणमा लाग्ने डा. पोख्रेलको भनाई छ । भालुवाङ्ग , बाग्दुला भिमगिठ्ठे हुदै मुस्ताङ्ग जोड्ने राजमार्गको विकाश गरी तिब्बत नाका संचालनमा ल्याउने योजना आफुले अघि सारेको र टेन्डरको काम सकिएर अगाडी बढेको बताए ।
यो नाकाले मध्य पश्चिमको विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । यस्तै प्युठानमा अन्यपार्टिका सयौ कायकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेक प्युठानका सभापति तथा प्रदेश क्षेत्र न. २ का उम्मेदवार रहेका अमर प्रसाद भण्डरीले संचारकर्मी प्रकाश शार्मालाई टेलिफोन मार्फत जानकारी दिए । त्यस्तै क्षेत्र न. १ का उम्मेदवार टेक प्रसाद भण्डारीले कांगेसको पक्षमा माहोल बन्दै गइरहेकाले जिल्लामा कांग्रेसको जित सुश्चित भएको जानकारी गराए ।
डा.पोख्रेलले स्वर्गदारीलाई धार्मीक पर्यटकीए क्षेत्रका रुपमा विकाश गर्ने योजना रहेको बताउदै जिल्लामा नौ मुरे जलबिधुत आयोजना निर्माण गर्ने बताए । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधी सभामा उमेद्धारी दर्ता गराएसंगै चुनावी सर्गमी बढेको छ । चुनावी अभियान तिब्र रुपमा अगाडी बढेको जनाईएको छ । डा। पोख्रेल जनताको घरघरमा मत माग्न ब्यस्त छन् ।