मंसिर १, अछाम । संविधानको सफल कार्यान्वयन र राजनीतिक स्थिरताका लागि वाम एकता भएको नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले बताएका छन् ।
वामपन्थी दलहरु चुनाव जित्नका लागि मात्र नभई देशमा राजनीतिक स्थायित्वको लागि एक भएको भन्दै नेता रावलले एकताले जनता उत्साहित भएकोले राष्ट्रलाई समृद्धीमा लैजाने भनाइ राखे । ‘अब मुलुकमा चाँडै संक्रमणकालको अन्त्य हुन्छ । आर्थिक विकासका गतिविधिमा लगानीसहितको रोजगार सिर्जना गरी मुलुक समृद्धितर्फ अघि बढ्छ ।’
‘कांग्रेसका नेताहरु चुनाव हार्ने डरले अहिलेे वामगठबन्धनको शासन आए राष्ट्रको लागि अनष्टि हुने भन्दै अभिव्यक्ति दिन थालेका छन ।’ पूर्व उपप्रधानमन्त्री रावलले भने- ‘वाम एकाता राष्ट्रको लागि होइन कांग्रेसका लागि अनिष्ट हुनेछ ।’
उपाध्यक्ष रावलले देशमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई अन्त्य गर्न वाम शक्तिको एकता भएको सुनाए । तर उनले कसले कसरी हस्तक्षेप गरेको भन्ने खुलाएनन् ।