एनालग टिभीको प्रसारण सुरु ।

0
203

२ मंसिर , काठमाडौं ।। गत बुधबारदेखि एनालग टिभीको प्रसारण बन्द गरेको सरकारले फेरि प्रसारण सुरु गरेको छ । राजधानीमा समाचार छ । निर्वाचनको मुखमा मतदाता शिक्षामा असर पर्ने भन्दै सरकारले एनालग प्रविधिबाट हुने प्रसारणलाई यथावत् राखेको हो । सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार विज्ञप्ति निकाल्दै मंसिर मसान्तसम्म एनालग प्रविधिबाट टेलिभिजन सञ्चालन गर्न पाइने जानकारी गराएको छ ।

सरकारले हालका लागि ३५ एनालग कम्पनीको प्रसारणलाई नियमित गर्ने निर्णय गरेको छ । आसन्न प्रतिनिधि र प्रदेशसभाको चुनावका कारण प्रशारण नियमित गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव प्रेमकुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।