दुईभन्दा बढी डिम्याट खाता ३५ दिनपछि रोक्का गरीने ,आफैँ बन्द गर्न निर्देशन ।

0
261

२ मंसिर , काठमाडौं । दुईभन्दा बढी हितग्राही डिम्याट खाता हुने लगानीकर्ताको खाता रोक्का गरिने भएको छ ।
केन्द्रीय निक्षेप प्रणालीसीडीएससीले दुई भन्दा बढी खाता हुने लगानीकर्तालाई खाता बन्द गर्नका लागि ३५ दिनको अल्टिमेटम दिएको छ । लगानी ब्यबस्थापनमा सहभागी हुनेलाई भने लगानी ब्यबस्थापन अनुसार खाता खोल्न सक्ने छुट दिइएको छ । यसअघि कार्तिक २६ गते पनि सीडीएससीले सुचना जारी गरी दुई भन्दा बढी खाता हुनेलाई बन्द गर्न आग्रह गरेको थियो । तर अझै केहि लगानीकर्ताले अटेर गर्दै दुइ भन्दा बढी खाता संचालन गरेको हुदा सीडीएससीले खाता बन्द नगर्ने लगानीकर्ताको खाता बन्द गर्ने चेतावनी दिएको हो ।