मतपेसटिका हाम्रो कार्याकर्ताको अगाडी हुनुपर्छ : ओली

0
404

मंसिर २ , काठमाडौँ । नेकपा एमालेले आफ्ना उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको आँखाबाट ओझेल पर्ने गरी मतपेटिका राख्न नसकिने बटमलाईन सुनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको उम्मेदवार, उनका प्रतिनिधि र कार्यकर्ताको घेरा भन्दा बाहिर मतपेटिका राख्न नदिने बटमलाइन सुनाउनु भएको हो ।
निर्वाचन आयोगसँग प्रयाप्त सुरक्षा ब्यवस्था मिलाएर मतपेटिकाको सुरक्षा गर्ने सहमति भइसकेको छ । पछिल्लो समय सरकारले सुरक्षा निकायको जिम्मा लगाएर बैधानिक धाँधली गर्ने योजना बनाइरहेको सूचना पाएपछि एमालेले उम्मेदवार र उस्का प्रतिनिधिको निगरानी भन्दा बाहिर मतपेटिका राख्न नसकिने प्रष्ट पारेको हो ।

‘मतदान सकिएप्छि मत रहेको बाकसको सुरक्षा हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, बलजफ्ती जस्ता कुराहरुलाई हामी स्वीकार गर्दैनौं, त्यो कुरा अहिलेदेखि हामी स्पष्ट गर्न चाहन्छौं,’ टेलिभिनज र अनलाइनका सम्पादक तथा सञ्चालकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले भने । उनले मतपेटिकाको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने प्रष्ट अडान पनि सुनाए ।