तामाकोशी जलबिधुत आयोजनाको ‘ब्रेक थ्रू’ आइतबार

0
256

मंसिर, २ काठमाडौं । दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको आइतबार ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिँदैछ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ । इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्याउने काम भइरहेको छ । खाँडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाएको छ । सोही कारण ‘हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म  पुर्याउन कठीन भएको छ । अहिले विद्युतगृह जडानको काम अगाडि बढेको छ ।

कंक्रिटको काम द्रुत गतिमा अघि बढाउन रातदिन काम भइरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार टर्बाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ ।