कमल थापालाई आलीको धम्कीले भरेको सुझाव

0
283

मंसिर २ , काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई सम्हालिएर बोल्न सुझाव दिएका छन् । कमल थापालाई केपी ओलीको बोलीको खण्डन गर्न शर्म लाग्नुपर्ने भन्दै ओलीले यसबारे क्याल्कुलेर लिएर हिसाब– किताव गर्ने धम्कीसमेत दिए ।

प्रशंग हो– बूढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का सम्झौता रद्द गरिएको बारे । अघिल्लो सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिएको टेक्का उर्जामन्त्री कमल थापाले क्याबिनेटबाट खारेज गराएपछि ओलीले सो निर्णयको विरोध गर्दै आएका छन् ।

यसै प्रशंगमा मन्त्री थापाले ‘आफ्नो स्वार्थमा धक्का परेकाहरुले सरकारी निर्णयको विरोध गरेको’ प्रतिक्रिया दिएको भन्दै ओली मन्त्री थापासँग क्रुद्ध बनेका हुन् ।

मन्त्री थापाको प्रतिक्रियाबाट केपी ओली आगो बनेका रहेछन् भन्ने प्रमाण शुक्रबार साँझ दरबारमार्गस्थित अन्नपूर्ण होटलमा देख्न पाइयो । त्यहाँ कमल थापाविरुद्ध आक्रोश पोख्दै ओलीले भने– हिजो कमल थापाजीले बोलेको मैले सुनें, ‘जसको स्वार्थमा धक्का परेको छ, तिनीहरुले विरोध गरेका छन्’ भन्नुभएछ, म उहाँलाई अलिकति सम्हालिएर बोल्न आग्रह गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री थापाविरुद्ध एमाले अध्यक्ष ओली यतिमै रोकिएनन्, उनले थप आक्रोश पोखे– ‘स्वार्थमा धक्का परेको भनेको के ? के स्वार्थमा ? वहाँको के स्वार्थ पूरा भएन र उहाँले क्यान्सिल गरेको ? म उहाँसँगै पनि भेट भएका बेलामा कुरा गरौंला । तर, स्वार्थमा धक्का परेकाहरुले अरे ! वहाँसँग अधिकार छ कि छैन ? अधिकारसहित उहाँ बोल्दै हुनुहुन्छ कि अधिकारविना बोल्दै हुनुहुन्छ ?’

यति भनिसेकपछि ओलीले लगभग धम्कीकै भाषा प्रयोग गर्दै भने– ‘कमल थापालाई कसको बोलीको खण्डन गर्दैछु भनेर हेक्का राखेर बोल्न म सुझाव दिन चाहन्छु । कसको बोलीको कसले खण्डन गर्दैछ ? कसले विरोध गर्दैछ ? अलिकति हेक्का राख्नुपर्छ क्या !’

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई सघाउने निर्णय गरेका ओलीले निर्वाचनको मुखैमा कमल थापालाई थप धम्की दिँदै भने– ‘कमल थापाले केपी ओलीको सम्बन्धमा स्वार्थमा धक्का परेर बोल्यो भन्न शरम मान्नुपर्छ । म खाली यतिमात्रै भन्न चाहन्छु । होइन भने, क्याल्कुलेटर लिएर हिसाब–किताब गरौंला उनीसँग । अलि सम्हालिएर बोल्नमात्रै मेरो सुझाव छ