चुनाव बिथोल्न केसम्म हुनसक्छ, कसको हातमा छ ‘बमको रिमोट’ ?

0
386

मंसिर २ काठमाडौं ,२४ कात्तिकमा रुकुममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मामाथि आक्रमण भयो । आक्रमणलगत्तै माओवादी प्रचण्डले घटनाको भत्र्सना गरे । प्रतिवादका क्रममा उनले शंकाको सुई अलिकति पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’तर्फ सोझ्याएका थिए । सँगै उनले बलियो आरोप सकारमाथि नै लगाए, सुनियोजित रुपमा हाम्राविरुद्व सरकार नै लागेको छ भनेर ।

भोलिपल्टै २५ कात्तिकमा माओवादी केन्द्रकै अर्का उम्मेदवार वर्षमान पुनको गाडीलाई लक्षित गरेर रोल्पामा बम प्रहार भयो । फेरि पनि प्रचण्ड प्रतिवादमा उत्रिए । योपटक सीधै भनिदिए, घटनामा काँग्रेस उम्मेदवार एवं सिंचाई राज्यमन्त्री अमरसिंह पुनको काम हो ।

तर, ३० कात्तिकमा उक्त घटनाका आरोपी अमरसिंह पुन आफैँ आक्रमणमा परे । अब, पुनको अभिव्यक्ति आयो, ममाथि भएको आक्रमण लोकतन्त्र विरोधीले नै गराएका हुन् ।

आखिर आक्रमण गर्यो कसले ? प्रहरी प्रशासनले विप्लव माओवादीमाथि शंका गरिरहँदा चुनावी मैदानमा रहेका शक्तिहरुले भने आफु–आफुमै एक–अर्काविरुद्ध आरोप लगाए ।