चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित ।

0
234

३ मंसिर, चितवन । प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।माओवादी केन्द्र चितवनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ । यसैगरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि आज चितवन जिल्लाभर चुनाव प्रचार प्रसारको कार्यक्रम स्थगित गरेको क्षेत्र नम्बर ३ का उम्मेदवार विक्रम पाण्डेका सहयोगी राजु भण्डारीले जानकारी दिए ।