एसिसि यु १९ एसिया कपको उपाधि अफगानिस्तानले उचाल्यो

0
265

मंसिर ३ काठमाण्डैं मलेसियामा सम्पन्न एसिसि यु १९ एसिया कपको उपाधि अफगानिस्तानले जितेको छ। आइतबार किनरारा ओभलमा भएको फाइनलमा टेष्ट खेल्ने राष्ट्र पाकिस्तानलाई १ सय ८५ रनको फराकिलो अन्तरले हराउँदै अफगानिस्तानले पहिलो पटक एसिया कपको उपाधि जितेको हो।

अफगानिस्तानले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२.१ ओभरमा ६३ रनको समेटिएको थियो। पाकिस्तानका लागि मोहमद ताहाले सर्वाधिक १९ रन जोडे। पाकिस्तानको इनिङ ध्वस्त पार्ने क्रममा अफगानिस्तानका मुजिब उमर रहमानले ५ विकेट लिए। पाकिस्तानलाई सस्तैमा समेट्न अफगानिस्तानका क्वाइस अहमेदको ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभर पूरै खेलेर २ सय ४८ रन जोड्यो। अफगानिस्तानका लागि एक्राम अली खिलले १ सय ७ रन जोडेका थिए। प्रतियोगितामा सर्वाधिक २० विकेट लिएका अफगानी बलर म्यान अफ दि सिरिज घोषित भए।

अफगानिस्तानले नेपाललाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। पाकिस्तानले भने सेमिफाइनलमा बंगलादेशमाथि जित निकालेको थियो।