प्रकाशको निधनपछि दाहालले ओलीसँग भने– कार्यक्रमलाई निरन्र्ता दिनु, सम्हालिन सके म चितवन आउँछु

0
381

विर्तामोड, ३ मंसिर– माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको निधन भएको खवर आइतबार विहानै थाहा पाएपछि एमाले अध्यक्ष केपी ओली दमकवाट विर्तामोड पुगेर अध्यक्ष दाहाललाई समवेदना प्रकट गरे । शनिवारका ब्यस्त राजनीतिक कार्यक्रम सकेपछि साँझ दुवै नेता आ–आफ्नो वासस्थान जान छुट्टिएका थिए ।

ओली दमकस्थित आफ्नै निवासमा वास बसेका थिए भने दाहाल विर्तामोड अस्पतालको अतिथि सदनमा बसेका थिए । प्रकाशको निधन भएको खवर पाउनासाथ ओली बिहान विर्तामोड पुगे । दुवै नेताबीच विहान ८ वजे अस्पतालको अतिथि सदनमा भेट भएको थियो ।

दाहालको परिवारमा ठूलो शोक आइ परेपछि एमाले अध्यक्ष ओलीले दाहालसँगै काठमाडौं फर्कने तयारी गरेका थिए । तर, दाहालसँगको सल्लाहमा ओली झापाका पूर्व निर्धारित कार्यक्रममा सहभागि हुने तय भयो । आजै झापाको काकरभिट्टामा पार्टी प्रवेश र आमसभा तय भएको थियो । दाहालले ती कार्यक्रम दुईजना मध्ये एकजना उपस्थित हुनै पर्ने वताएपछि ओली झापामै रोकिएका हुन् । आजै मोरङ ३ को विराटचोकमा गठबन्धनको संयुक्त कार्यक्रम छ । दाहाल काठमाडौं आएपछि त्यसमा ओली मात्रै उपस्थित हुनेछन् ।

मंसिर ५ गतेका लागि तय गरिएको चितवनको कार्यक्रम पनि सकेसम्म स्थगित नगर्न दाहालले ओलीलाई सुझाव दिएका छन् । आफू सम्हालिन सकेको अवस्थामा चितवनको कार्यक्रममा सामेल हुने दाहालले वताएपछि दुवै नेता एकछिन् स्तब्ध भएका थिए । आफू जान नसके माओवादीको तर्फबाट कुनै एक शीर्ष नेता कार्यक्रममा सहभागि गराउने भन्दै दाहालले ओलीलाई भने कार्यक्रम नछोड्न सुझाएका हुन् । सोमबार पूर्वका कार्यक्रम सकेर ओली काठमाडौं फर्कनेछन् । त्यसपछि दुई नेताबीच परामर्श हुने र अन्य

कार्यक्रम तय हुने वताइएको छ ।