निगमको एयरबसमा ठोक्कियो चिल, मानविय क्षति भएन ।

0
423

४ मंसिर , काठमाडौँ । राष्ट्रिय ध्व्वजाबहाक नेपाल वायु सेवा निगमको अन्तराष्ट्रिय उडान भर्ने एउटा ठुलो जहाज चिल ठोक्किएपछि त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ । चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग) मा ठुलो क्षति पुगेको छ ।

भारतको नयाँदिल्लीबाट शनिबार मध्यान्ह काठमाडौँ आइपुगेको निगमको १५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको हो ।

‘निगमको एयरबस जहाजको अगाडिको भाग (नाक) मा एउटा चिल ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ’, त्रिभुवन विमानस्थल स्रोतले भन्यो, ‘जहाजको अगाडिको भागमा ठुलो क्षति पुगे पनि पाइलट बस्ने ककपिटमा भने क्षति पुगेको छैन ।’
चिल ठोक्किँदा जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १३५ यात्रु थिए ।

यो जहाजलाई निगमले युरोपेली कम्पनी एयरबससँग दुई वर्षअघि किनेको थियो । निगमसँग यही सिरिजको अर्को जहाज पनि रहेको समाचार नागरिक दैनिकमा छ ।

स्रोतका अनुसार दिल्लीबाट आउने क्रममा आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा चिल ठोक्किएको थियो । धावनमार्गमा कुदिरहँदा ट्याक्सी वे ‘ई’ र ‘डी’ को बीचमा जहाज पुगेका बेला एउटा चिल ठोक्किएको हो ।

‘धावनमार्गको दक्षिणपट्टि कोटेश्वरमाथि आइपुग्दा १५÷२० वटा चिल देखिएका थिए । अवतरण नगरी जहाजलाई एकैचोटी ओभरसुट गरेको भए चिल इन्जिनमा ठोकिने जोखिम थियो । त्यो अवस्थामा जहाजको इन्जिन नै फेल हुन सक्थ्यो’, विमानस्थल स्रोतले भन्यो, ‘सही समयमा सही निर्णय लिन सकेकाले ठुलो दुर्घटना टर्यो ।’