सुनसरीमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा तीनजनाको मुत्यु ।

0
361

४ मंसिर , सुनसरी । इटहरीको हलगडामा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा तीनजनाको मुत्यु छ । आइतबार राति पौने एघार बजेतिर भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अरु दुईजनाको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । को १ च ७००९ नम्बरको एम्बुलेन्सले को ३२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा रहेका तीनैजनाको मुतयु भएको हो । स्कुटर चालक इटहरीका डुकबहादुर कार्कीको घटनास्थलमै मुत्यु भएको हो भने अन्य दुईजनाको सनाखत हुन बाकी रहेको प्रहरलिे जनाएको छ । कार्की एमाले सुनसरी क्षेत्र नम्बर दुईको क्षेत्रिय समिति सदस्य हुन् ।