संखुवासभामा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमाआगजनी ।

0
548

४ मंसिर , संखुवासभा । संखुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ । आइतबार चुनावी प्रचारप्रसार सकेर बसपार्कमा पार्किङ गरिराखेको को १ ज २१२३ नम्बरको ल्याण्डरोभर जिपमा राति २ बजेतिर आगो लगाएको हो । आगोले गाडी जलेर नष्ट भएको संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।