४ मंसिर । गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला कोल्टे फर्केर सुतेमा मृत शिशु जन्मिने सम्भावना कम हुने एक अध्ययनले देखाएको छ । एक हजार भन्दा बढी महिलामा गरिएको अध्ययनबाट गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला खोप्टी परेर वा माथि फर्केर भन्दा कोल्टे परेर सुतेमा मृत शिशु जन्मिने सम्भावना कम हुने देखिएको हो । मृत शिशु जन्माएका दुई सय ९१ तथा स्वस्थ शिशु जन्माएका सात सय ३५ महिलामा गरिएको अध्ययनबाट यस्तो देखिएको हो ।
न्युजिल्याण्ड र अस्ट्रेलियामा गरिएको अनुसन्धानको प्रतिवेदन ब्रिटिस जर्नल अफ ओब्सेट्रिक्स एण्ड गाइनकोलोजीमा प्रकाशित भएको छ ।