प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओली लाजिम्पाट, प्रचण्डलाई सम्हिलीन आग्रह गरेन्

0
417

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

दुबै नेता सोमबार दिउँसो केही समयको अन्तरमा प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । नेताद्धयले स्वर्गीय प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र पत्नी सीता दाहाललाई भेटेर समवेदना व्यक्त गरेका छन् ।

यो भेटमा सीता पनि सहभागी थिइन् । छोराको निधनपछि उनी देखिएकी थिइनन्