गोरखाको भच्चेकमा लोकतान्त्रीक गठबन्धनको चुनावी सभा सुरु,गगनको सम्बोधन सुन्न हजारौको उपस्थिती ।

0
1164

मंसिर ४ गोरखा । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन दलहरुका चुनावी सभाहरु जारी  रहँदा नयाँ शक्ति पार्टी र नेपाली काँग्रेसको संयुक्त चुनावी सभा गोरखाको भच्चेक बजारमा सुरु भएको छ । सभालाई सम्बोधन गर्न काठमाण्डौं क्षेत्र नम्बर ४का उमेदवार तथा काँग्रेसका प्रभावशाली नेता गगन थापा पनि गोरखा पुगेका छन् । बाबुराम भट्टराईको राम्रो पकड क्षेत्रको रुपमा रहेको भच्चेकमा जारी सभामा भाग लिन टाढा टाढाबाट पनि सर्वसाधारणको उपस्थिती रहेको छ । बाबुराम भट्राई र गगन थापाले गर्ने चुनावी सम्बोधन आजको सभाको आकर्षण रहेको छ । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र जोगाउन लोकतान्त्रीक गठबन्धलाई जिताउन आग्रह गर्नु भयो । सभा भरखरै सुरु भएको हो ।